गुर्भाकोटमा मंसिर महिनाबाट भूमि समस्या समाधानको प्रक्रिया शुरु हुन्छ : मेयर हस्त पुन


नेपालगन्ज :  देशभरका स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिकामा मंसिर महिनाबाटै भूमि सम्बन्धी समस्या समाधानको प्रक्रिया अगाडी बढाउने तयारी भइरहेको मेयर हस्त पुनले जानकारी दिएका छन् ।

अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउदै पुर्जा बितरण,विभिन्न चरणमा गठित भूमि सम्बन्धि आयोगद्धारा वितरण गरिएका पुर्जालाई मालपोतमा श्रेस्ता कायम गरि तिरो चलाउने कार्य र भूमिहिन दलित तथा सुकुम्बासीको पहिचान गरि जग्गा उपलब्ध गराई पुर्जा बितरण गर्ने उद्देश्यका साथ यि सबैको नगरपालिकाद्वारा नै तथ्यांक संकलन गरि ६ महिना भित्रै सो कार्यहरु सम्पन्न गर्न का निमित्त पहिलो चरणमा देशै भरिका स्थानीय तह मध्ये १४ वटा स्थानीय तह र नेपाल सरकारद्वारा गठित भूमि सम्बन्धि समस्या सामाधान आयोगसंग आपसी सम्झौता गरि काम अघि बढाउँन प्रक्रिया पुरा गरेको भन्दै मेयर पुनले जानकारी दिएका छन ।

उक्त कामको लागि बर्षौ सम्म समाधान नभएका ,लालपुर्जा नपाएका र बिबादित जग्गाको छिनोफानो नभएका ,घरवास नभएका हरुको भुमि ब्यबथापन तथा समस्या समाधान कार्यालय र गुर्भाकोट नगरपालिका को संयुक्त पहलमा लालपुर्जा वितरण गर्ने गरि सम्झौता भै सकेको जानकारी दिएका छन ।

साथै सो कार्य सम्पन्न गर्न का लागि सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा सहित पहिलो चरणमा हाम्रो नगरपालिका छनौटमा पार्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोग ,सहकार्य ,सहमति ,समन्न्वय गर्दै अघि बढ्ने प्रतिबध्दता व्यक्त गरेका छन् ।
रेडियो भेरीगंगाबाट

प्रकाशित मितिः     २९ कार्तिक २०७७, शनिबार १२:३८  |