नेपालगन्ज २ मंसिर : गुर्भाकोट नगरपालिकाकाले भेरी नदीको किनारमा रंगशालामा निर्माणको योजना अघि बढाएको छ ।
मेयर हस्तबहादुर पुनका अनुसार, वडा नं. ७ गोकलपुरमा खेल र पर्यटकीय गतिविधि बढाउनका लागि तत्काललाई खेल मैदान र निकट भविष्यमा रंगशाला बनाउने गरी काम अगाडी बढाउन लागिएको छ ।
गुर्भाकोटलाई पर्यटन र खेल क्षेत्रमा अगाडी बढाउने उदेश्य राखिएको छ ।
मेयर पुनले रंगशाला निर्माणस्थल निरीक्षण गरिसकेका छन् भने तत्काल लागत स्टिमेट बनाउने बताएका छन् ।