भेरी नदी किनारमा रंगशाला निर्माणको योजना बुन्दै गुर्भाकोटका मेयर, खेल र पर्यटनलाई फाईदा पुग्ने


नेपालगन्ज २ मंसिर :  गुर्भाकोट नगरपालिकाकाले भेरी नदीको किनारमा रंगशालामा निर्माणको योजना अघि बढाएको छ ।

मेयर हस्तबहादुर पुनका अनुसार, वडा नं. ७ गोकलपुरमा खेल र पर्यटकीय गतिविधि बढाउनका लागि तत्काललाई खेल मैदान र निकट भविष्यमा रंगशाला बनाउने गरी काम अगाडी बढाउन लागिएको छ ।

गुर्भाकोटलाई पर्यटन र खेल क्षेत्रमा अगाडी बढाउने उदेश्य राखिएको छ ।

मेयर पुनले रंगशाला निर्माणस्थल निरीक्षण गरिसकेका छन् भने तत्काल लागत स्टिमेट बनाउने बताएका छन् ।

प्रकाशित मितिः     २ मंसिर २०७७, मंगलवार १३:३६  |