कृषिपथ एप्समा कृषकलाई जोड्न खेतबारीमा घरेलु महासंघका पदाधिकारी


नेपालगन्ज ४ मंसिर :  बिभिन्न निकायको सहयोग र समन्वयमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले मोबाइल एप्स कृषिपथ सन्चालन गर्दै छ ।

उक्त एप्समा कृषकलाई जोड्न यतिबेला महासंघका पदाधिकारी कृषकको खेतवारीमा पुगेका छन् । महासंघ अध्यक्ष मधु खड्का, महासचिव जिआर भुषाल, महिला उद्यमी संघ अध्यक्ष सावित्रा चौधरी लगायत दिनभर आजभोलि कृषकको बारीमै पुगेर अब बन्ने कृषिपथको फाईदाका विषयमा सम्झाइरहेका भेटिन्छन् ।

केयर नेपालको आर्थिक सहयोग तथा बिग्रुप बाँकेसंगको साझेदारीमा उक्त एप्स चाँडै सन्चालन गर्न लागिएको अध्यक्ष मधु खड्काले जानकारी दिइन ।

एप्स निर्माण भइ सन्चालन हुन कम्तिमा एक महिना जति लाग्ने उनले बताएकी छन् ।

एप सन्चालनका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ पालिका समितिहरू, सहकारीहरु,कृषक समूहहरु र दुध डेरी ब्यवसायीहरु बिच बृहत छलफल आयोजना गरिसकिएको छ ।

उक्त एपले घरेलु एव कृषीउत्पादकहरु र उपभोक्ता तथा व्यवसायीबीच पुलको काम गर्ने महासंघका महासचिव जिआर भुषालले बताए ।

प्रकाशित मितिः     ४ मंसिर २०७७, बिहीबार १९:५०  |