नेपालगन्जमा उपभोक्ता ठगीको अवस्था : संवेदनशिल उपभोग्य बस्तुमै लापरवाही


बजार अनुगमनमा वाणिज्यको टोली ।

नेपालगन्ज ६ मसिर :  नेपालगन्जमा उपभोक्ता ठगीको अवस्था दयनिय बन्दै गएको छ ।

पानी र उपभोग्य जस्ता अति नै संवेदनशिल बस्तुको विक्री वितरणमा समेत गम्भीर लापरवाही हुने गरेको पाइएको हो ।

वाणिज्य, आपुर्ती तथा उपभोक्ता कार्यालय बाँकेले साउनयता मात्र उपभोक्ता ठगी गर्ने डेढ दर्जन फर्महरु माथि कारवाही गरेको छ ।

दुईलाखसम्मको जरिवानादेखि पसल नै बन्द गर्नेसम्मको कारवाही गरेको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार, नौं वटा फर्मको त कारोवार नै रोक्का गरियो । छ वटा फर्मलाई भने जरिवाना गरिएको छ ।

वाणिज्य कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार मापदण्ड विपरित पानी बेच्ने उद्योगहरु कारवाहीमा परेका छन् ।

खसीको भनेर बाख्राको मासु बेच्नेसम्मको उपभोक्ता ठगी गर्ने गतिविधि भएको उनले बताए ।

नेपालगन्जमा जानजान उपभोक्ता ठगी गर्नेहरु माथि कडा कारवाही गर्न आवश्यक देखिएको छ भने अन्जानबस कमजोरी गर्नेलाई सुध्रिने मौका दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

 

प्रकाशित मितिः     ६ मंसिर २०७७, शनिबार ०७:३२  |