नदी सुक्दा अर्थतन्त्र डुबेको देशको कथा


क्याप्टेन रोबर्टो गोन्जालेज बितेको २५ वर्षदेखि पानीजहाज चलाइरहेका छन् । तर उनले आफ्नो जीवनमा यस्तो दृष्य आजसम्म कहिल्यै देखेका थिएनन् ( राती उनले पराग्वे नदीनजिक टिलपिलाइरहेका राता बत्तीहरु देखे ।

उनले जहाजका आफ्ना सबै साथीहरुलाई सतर्क गराए, किनकि उनी ल्याङ्गर (जहाज बिसाउँदा अड्काइने फलामको आङ्कुसे) हाल्ने तयारी गरिरहेका थिए र नदीनजिक टिलपिलाइरहेका उक्त बत्तीहरु ती गोहीका आँखा थिए जो राती प्रकाश पर्दा रातो रंगको देखिएका हुन् ।

गोन्जालेजले बीबीसीसँग भने, -यसअघि मैले यस्तो कहिल्यै देखेको थिइँन । तर अब उनीहरुको बस्ने ठाउँ सुकेको छ र यी जनावरहरु पानीबाहिर आएका छन् ।-

आठ महिनाको सुख्खापछि यस नदीको जलस्तरमा ऐतिहासिक गिरावट देखिएको छ । अक्टोबरको अन्त्यसम्म नदीको जलस्तर यति कम भइसकेको छ कि जुन यस नदीको इतिहासमा यसअघि कहिल्यै पनि भएको थिएन ।

तीन वर्षअघिको तुलनामा पराग्वेको राजधानी असुनशियोनको नजिकैबाट बग्ने पराग्वे नदीको छेउछाउका क्षेत्रहरु कति धेरै सुख्खा भइसकेको छ भन्ने अमेरिकी स्पेश एजेन्सी नासाले जारी गरेको स्याटेलाइट तस्वीरहरुले देखाएको छ ।

पराग्वेका लागि यो चिन्तित बनाउने खबर थियो । यो नदी यस देशका लागि कति महत्वपूर्ण छ भन्ने कुराको अनुमान यसबाट पनि लगाउन सकिन्छ कि देशको नाम नै यही नदीको नामबाट राखिएको छ । पराग्वे नदीलाई यस देशको लाइफलाइन अर्थात् जीवनरेखा मानिन्छ ।

पराग्वेको नेशनल एड्मिनिष्ट्रेशन अफ नेभिगेशन एन्ड पोर्टस् ९एनएनपीपी० का अनुसार २५ अक्टोबरमा असुनशियोनमा नदीको जलस्तर सामान्यभन्दा ५४ सेन्टिमीटरसम्म कम थियो ।

केही वर्षा भएपछि नोभेम्बरमा नदीको जलस्तरमा थोरै सुधार आयो र यो सामान्यभन्दा मात्र १४ सेन्टिमीटरले तल रहेको अवस्थामा पुग्यो ।
तर एएनपीपीका निर्देशक लुइस हारा यो अवस्थालाई चिन्ताजनक बताउँछन् । उनी भन्छन् कि हाल अहिले नदीको जलस्तरमा जुन सुधार देखिएको छ, त्यो स्थायी होइन ।

स्थानीय टेलिभिजन च्यानल एबीसीसँगको कुराकानीमा उनले भनेका थिए, ुजति वर्षा भएको थियो र त्यसपछि वर्षको अन्तिम महिनामा नदीमा कति पानी बाँकी रहेको छ भन्नेतर्फ ध्यान पुर्‍याउँदा हामी केही नमिठो आँकडा देखिरहेका छौं ।ु

उक्त कुराकानीका दौरान उनले नदीमा जलस्तर चाँडै बढ्ने सम्भावना नरहेको र अर्को वर्ष पनि जनवरी(फेब्रुअरीमा मात्र सामान्य स्तरमा पुग्ने र जहाज चलाउनका लागि तयार हुन सक्ने पनि चेतावनी दिए ।

हारा भन्छन्, ुतर यसको अर्थ यो होइन कि नदीमा पानी फेरि कम हुनेछैन । यसकारण हामीलाई वर्षाको टड्कारो खाँचो छ ।ु
पराग्वेको मौसम विभागका निर्देशक राउल रोडोसले बीबीसीलाई बताए कि वर्षको यस अवधिमा नदीको जलस्तर कम्तिमा पनि २।५ मीटरसम्म हुनुपर्छ ।

पराग्वेको लाइफलाइन – पराग्वे नदी
पराग्वे चारैतर्फबाट जमीनले घेरिएको देश हो । यसको एकातर्फ बोलिभिया र अर्जेन्टिना छ भने अर्कोतर्फ ब्राजिल र तलतर्फ उरुग्वे छ ।

पानीका लागि यो दक्षिण अमेरिकी देश पूर्णरुपमा पराग्वे नदीमा निर्भर छ । यसैले यो नदीलाई देशको लाइफलाइन भनिन्छ ।

पराग्वेका डेपुटी वाणिज्य मन्त्री पेड्रो मानसुलोले बीबीसीसँग भने, ुहाम्रो लागि पराग्वे त्यो एकमात्र सडक हो जसले हामीलाई समुद्रसम्म लैजान्छ र सुख्खाको कारण यो सडक अब अफ्ठ्यारोमा छ ।ु

उनी भन्छन्, केही स्थानमा यो नदी यस्तरी सुकेको छ कि ठूला कमर्शियल पानीजहाज अब चलाउन सकिनेछैन ।

पराग्वेको मिनिस्ट्रि अफ सिभिल वर्क्स एन्ड कम्युनिकेशनु का निर्देशक जर्ज बेर्गारा भन्छन्, ुयदि यो कठिन परिस्थितिको कुनै समाधान खोजिएन भने नदीमा जहाज चल्न असम्भव हुनेछ । हाम्रो आकलन छ कि अबको करीब एक महिनामै हामीले विकट परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।

नदीको पानी सुक्नुको सीधा असर देशको अर्थव्यवस्थामा हुन थालेको उनले बताए ।

पराग्वेको वाणिज्य मन्त्रालयले जारी गरेको आँकडा अनुसार सन् २०१९ मा देशमा आयातित कुल सामानको ५२ प्रतिशत हिस्सा तथा निर्यात गरिएको सामानको ७३ प्रतिशत पराग्वे नदीको बाटो भएर नै ल्याउने-लैजाने गरिएको थियो ।

पराग्वे संसारको सबैभन्दा ठूलो कृषि उपज निर्यातकर्तामध्येको देश हो । यसले ठूलो परिमाणमा सोयाबिन निर्यात गर्छ र यससँग नदीमा चलाइने जहाज सबैभन्दा ठूलो संख्यामा छ ।

सिमसार नै भयो सुख्खा
पराग्वेमा जलसंकटको समस्याको सोझो सम्बन्ध पछिल्लो समय पेन्टानलमा भएको न्यून वर्षासँग जोडिएको छ । पेन्टालन संसारको सबैभन्दा ठूलो उष्णप्रदेशीय (ट्रोपिकल) सिमसार हो जुन बोलिभिया, ब्राजिल र पराग्वे तीनवटै मुलुकमा पर्नेगरी विशाल क्षेत्रमा फैलिएको छ ।

वर्षाको दौरान पेन्टालनमा जम्मा भएको पानी नै पराग्वे नदीमा आउने हो । पछिल्ला केही महिनामा पेन्टालनमा वर्षा कम भयो र यो क्षेत्र जंगली आगलागीको चपेटामा आयो । सिमसार भएको क्षेत्र पनि कहिलेकाहीँ सुक्नु नौलो कुरा होइन । तर यस कुरामा डर मानिराखिएको छ किन आगामी दिनमा जलवायु परिवर्तन र मानिसको व्यवहारका कारण सिमसार क्षेत्र सुख्खा हुँदै जाने क्रममा तीव्रता आउन सक्छ ।

चिन्ताको अर्को एक महत्त्वपूर्ण विषय अमेजन जंगलको रुख कटानको पनि छ जसको असर अमेजन बेसिनबाट हुने पानीको वाष्पिकरणमा पर्न सक्छ । किनकि यहाँबाट हुने जलवाष्प दक्षिण अमेरिकी देशसम्म पुग्छ जसले ती मुलुकका विभिन्न क्षेत्रमा हुने वर्षामा भूमिका खेल्दै आएको छ ।

यस क्षेत्रमा विशेषज्ञता हासिल गरिसकेका ब्राजिकका भूगोलविद् मार्कोस रोजाले बीबीसीलाई भने, -डर यस कुराको छ कि यो अब न्यू नर्मलु जस्तै हो, अर्थात् नयाँ कुरा हो जुन चाँडै परिवर्तन हुनेवाला छैन । वर्षौंदेखि हामी मानवले गर्दै आएको कामको यो नतिजाका कारण वर्षातको चक्र नै फेरिएको छ, सुख्खा बढ्‍दै गएको छ र पेन्टालनमा प्राकृतिक बाढी आउँदै छ ।

साथै, दक्षिण अमेरिकाको जलवायुमा एउटा अलक किसिमको मौसमी परिवर्तन पनि देखिइरहेको छ जसलाई ुला नीनाु भनिन्छ । यसले गर्दा परिस्थितिलाई झन् गम्भीर बनाइदिएको जानकारहरु मान्छन् ।

ला नीना एउटा प्रक्रिया हो जसमा भूमध्यरेखाको आसपास प्रसान्त महासागरको पानी समय(समयमा चिसो हुन्छ । यसले गर्दा मौसम चिसो र सुख्खा हुन थाल्छ ।

जब ल्याङ्गर बिनै रोकियो जहाज
पराग्वे नदीमा पानी कम भएकाले कैयौं जहाजले काम सुरु गर्ने योजना परिवर्तन गरेर ल्याङगर लगाइदिएर राखेका छन् । असुनशियोनमा रहेको पराग्वेको मुख्य बन्दरगाहबाट कयौं जहाज अचेल पहिलेभन्दा कम सामान लिएर निस्किन थालेका छन् ।

आयात(निर्यात जारी राख्नका लागि सरकारले नदीको बाटो अपनाउनुको सट्टा सडक मार्गबाट समुद्रसम्म पुग्ने समाधान खोजेका छन्, भलै नदीको तुलनामा सडक मार्गबाट सामान ओसार(पसार गर्ने खर्च कयौं गुणा बढी छ ।

बीचमा यस्तो समय पनि आयो जब जहाजहरुलाई अगाडि बढ्ने कुनैपनि बाटो बाँकी रहेन । एक शिपिङ कम्पनीका निर्देशक गुलेरमो एरिक भन्छन् कि अक्टोबरको अन्तिम हप्ता उनीहरुका एक एक चौथाई जहाजहरुलाई ल्याङ्गर लगाएर रोकेर राख्नुपरेको थियो । उक्त कम्पनीसँग ८ जहाज ९फ्लिट छन् ।

उनी भन्छन्, -हाम्रा आठ जहाज बोलिभियामा फँसेका थिए, तीन पराग्वेका स्यान एन्टोनियोमा र १२ अर्जेन्टिनाको स्यान लोरेन्जोमा रोकिनु परेको थियो । प्राविधिक कारणले ती जहाज त्यहाँ फसेका थिएनन्, तर पानी कम भएको कारणले तिनीहरुलाई चलाउन असम्भव थियो ।

गुलेरमो भन्छन् -नदीमा पानी कम हुनुको असर उनको कम्पनीको आम्दानीमा परेको छ र मासिक ४० लाख अमेरिकी डलरको घाटा भइरहेको छ ।

सेन्टर फर रिभर एन्ड मेरिटाइम शिप ओनर्सद्वारा जारी आँकडाका आधारमा पराग्वेको निजी क्षेत्रलाई नदीको जलस्तरमा आएको कमीका कारणले २५ करोड डलरको नोक्सानी पुगिसकेको छ ।

यस स्थितिसँग जुध्नका लागि नदीलाई थुप्रै महत्त्वपूर्ण स्थानहरुमा थप गहिरो बनाउन आवश्यक छ । तर यस दिशामा अहिलेसम्म काम सुरु हुन सकेको छैन ।

जर्ज वेर्गारा भन्छन् -यस कामका लागि पहिले बजेट विनियोजन भइसकेको थियो तर कोराना महामारीका कारण सरकारलाई यसको रकम लेकिन कोरोना महामारी के कारण सरकार को इसका पैसा डाइभर्ट गरेर महामारीसँग लड्नका लागि खर्च गर्नुपर्यो ।

नदीको सतहलाई अझ गहिरो बनाउने काम यस वर्षको डिसेम्बरबार सुरु हुने उनको अनुमान छ । तथापि, त्यतिबेलासम्मको अवस्था नै ज्यादै जटिल मुश्किलहरुले भरिएकोु उनी मान्छन् ।

पिउने पानीको समेत अभाव
कुरा केबल जहाज चल्ने र त्यसले अर्थतन्त्रको पुर्जा चलाउने मात्र होइन, पानीको कमीका कारण पराग्वेका नागरिकको घरमा पनि पिउने पानीको आपूर्तिमा बाधा उत्पन्न भएको छ ।

यस वर्षको सुरुआतमा सरकारले नदीको पानी जलसंकटबाट जुझिरहेको चाको क्षेत्रमा लैजनाने आयोजनाको उद्घाटन गरेको थियो । यस योजनाअनुसार पराग्वे नदीको पानी असुनशियोनबाट ६५० किलोमीटर टाढा प्युर्टे कसाडोका बासिन्दाको घरसम्म पुर्‍याउने भनिएको थियो ।

तर नदीको क्याचमेन्ट एरिया ९जलग्रहण वा ताल क्षेत्र मा पानी नभएको कारणले अक्टोबरमा पानी उक्त प्रस्तावित क्षेत्रमा मात्र नभएर राजधानी असुनशियोनमा पनि आपूर्ति गर्नमा समस्या उत्पन्न भइरहेको छ ।

पराग्वे नदीको किनारमा पर्ने विभिन्न क्षेत्रमा बस्ने समुदायका लागि यस नदीको विशेष महत्त्व छ । ती समुदायका मानिस आफ्नो दैनिक आवश्यकता र आपूर्तिका लागि नदीमा निर्भर छन् ।

बीबीसीसँग भएको बातचितमा डेपुटी वाणिज्य मन्त्री मानसुलोले पटकपटक जलवायु, प्रकृति र अर्थव्यवस्थाबीचको सम्बन्धमा जोड दिएका छन् । उनले भने, -हामीलाई पर्यावरण र विकासबीच आवश्यक सामञ्जस्य बनाएर राख्न जरुरी छ । प्रकृतीले हामीलाई बारम्बार संकेत दिइरहेको छ ।

पराग्वे मौसम विभागका निर्देशक राउल रोडोस सुख्खाको नदीमा परेको असरलाई बुझ्नका लागि जलवायु परिवर्तनको सम्भावित असरबारे थप शोध गर्नु अपरिहार्य रहेको बताउँछन् ।

उनी भन्छन्, – हामीले यो थाहा पाएका छौं कि अब बाढी बारम्बार आउन थालेको छ । यसैले हामीले यसको विश्लेषण गर्नुपर्छ कि पानीको अभावले यस्तो सुख्खा बारम्बार भइरहेको छरु र, यस्तो हो भने के यो तीव्र गतिमा भइरहेको छ ?

प्रकाशित मितिः     ९ मंसिर २०७७, मंगलवार ०६:४२  |