उद्योग दर्तामा प्रदेशले निःशुल्क, स्थानीय तहले पैसा लिएको गुनासो


नेपालगन्ज ९ मंसिर :  लुम्विनी प्रदेश सरकारले घरेलु उद्योग दर्तामा छुट दिएको छ ।

तर बाँकेको नेपालगन्ज उपमहानगरपालिका सहितका स्थानीय तहले सिफारिसका नाममा पैसा लिइरहेको उद्योगीहरुले गुनासो गरेका छन् ।

यो गुनासो मंगलवार नेपालगन्जमा उद्योग दिवशका अवसरमा आयोजित एक कार्यक्रममा गरिएको थियो ।

जिल्लाभरका उद्योगी र जनप्रतिनिधिहरु सहभागि भएको कार्यक्रममा उद्योगीहरुले प्रदेश सरकारले दर्तामा छुट दिए पनि वडादेखि पालिकासम्मले सिफारिसका नाममा पैसा लिइरहेको बताए ।

उनीहरुले यस्तो कार्य सच्चिनुपर्नेमा जोड दिएका छन् । सिफारिस शुल्क सहित कार्यक्रममा घरेलु तथा लद्यु उद्यमीले भोग्नुपरेका समस्याका विषयमा समेत चर्चा भएको थियो ।

अस्पष्ट नीतिका कारण घरेलु तथा लद्यु उद्यमीहरु मर्कामा परेको दुखेसो पोखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेृका महासचिव जिआर भुषालले बताए ।

प्रकाशित मितिः     ९ मंसिर २०७७, मंगलवार १५:२२  |