हराएको चार लाख भेटाएर सम्बन्धित व्यक्तिलाई बुझायो वडा प्रहरीले


नेपालगन्ज १५ मंसिर :  वडा प्रहरी कार्यालय बाँकेले हराएको चार लाख पाँच दिन पछि भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर ८ गते बानियाभार जाने क्रममा झोला सहित उक्त रकम हराएकी थिइन ।

रकम हराएको विषयमा उनले वडा प्रहरी कार्यालय बाँकेमा निवेदन दिएकी थिइन ।


निवेदन प्राप्त भएपछि वडा प्रहरी निरीक्षक दिल्ली बहाखुर खड्का खोजतलासमा खटिएका थिए ।

उनलै हराएको पैसा भेटाएपछि सोमवार बिकलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मितिः     6:03:50 PM  |