देव अर्यालको ‘ड्रिम प्रोजेक्ट’ जंगल सेन्ट्रल प्लाजा रिसोर्ट आंशिकरुपमा सन्चालन


नेपालगन्ज १६ मंसिर :  कोहलपुरमा पाँच तारे होटल सेन्ट्रल प्लाजा संचालनमा ल्याउने व्यक्ति देवानन्द अर्यालले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा बर्दियाको प्रसिद्ध पर्यटकीयक्षेत्र ठाकुरद्धारामा जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन गरेका छन् ।

आंशिकरुपमा सन्चालन भएको उक्त रिर्सोट आगामी बैशाख १ गतेदेखि पूर्णरुपमा सन्चालन हुने छ ।

आर्कषक इन्टरियर डिजाइन सहित बनेका अत्याधुनिक रिर्सोटले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने अपेक्षा गरिएको छ । अर्यालले रिर्सोट सन्चालन भएको जानकारी दिदै निम्तो दिएका छन् ।

अर्याल मोफसलमा रहेर हस्पिटालिटी क्षेत्रमा स्थापित थोरै व्यक्ति भित्र पर्छन् ।


पश्चिम नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र बर्दिया निकुञ्जको काखमा ठाकुरबाबा नगरपालिका–६ लठुवामा करिब २ विगाह क्षेत्रफलभित्र २६ करोडको लागतमा सेन्ट्रल प्लाजा जंगल रिसोर्टको निर्माण सुरु गरिएको थियो ।

अर्याल, उनका पिता डोल प्रसाद अर्याल, आमा तुलसीदेवी अर्याल र धर्मपत्नी कुसुम शर्मा अर्यालले संयुक्त रूपमा सो रिसोर्ट निर्माण कार्यको शुभारम्भ गरेका थिए ।

पूर्णतया वातानुकुलित र वातावरणमैत्री सेन्ट्रल प्लाजा जंगल रिसोर्टलाई ठाकुरद्वाराकै पहिलो ‘ग्रीन होटल’का रूपमा तयार भएको छ ।

प्रकाशित मितिः     1:29:48 PM  |