स्थिर ब्याज दर बढिमा १० बर्षसम्म स्थिर ब्याज रहन सक्ने


काठमाडौं। स्थिर ब्याज दरको ब्यवस्था गरेको राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत त्यसको समय सीमा तोकेको छ। यसअघिको निर्देशनमा ऋणको अवधिसम्म ब्याज स्थिर राख्नु पर्ने जस्तो अस्पष्ट ब्यवस्था थियो।

बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा अब स्थिर ब्याजको समय अवधि तोकिने छ। अहिलेसम्म नेपालमा बढिमा १० बर्षसम्मको ऋणपत्र जारी भएका छन। निक्षेप पनि बढिमा ४र५ बर्षको मात्र छ।

अब यो बीचमा बसेर बैंक तथा वित्तीय संस्थाहरुले ब्यक्तिगत आवधिक कर्जाको समय निर्धारण गर्ने छन्। समय कति हुने भन्ने निर्धारण भएको छैन। तर स्रोतको अधिकतम समय १० बर्ष सम्मको भएकाले बैंकहरुले बढिमा स्थिर ब्याज दरको समय १० बर्षको तोक्न सक्ने संभावना छ। यसबारेमा राष्ट्र बैंकले निर्देशन जारी गर्न सक्छ।
स्थिर ब्याज दरको समय किन चलाएको भनेर सोधिएको प्रश्नमा गभर्नर महाप्रसाद अधिकारीले कोभिड संक्रमणले गाँजेका बेला आएका कतिपय नीतिहरुको धेरै ब्याख्या गर्न नपाएको भन्दै स्थिर ब्याज सुरुवात नै महत्पूर्ण कुरा भएको बताए। उनले स्थिर ब्याज नहुनु भन्दा एउटा निश्चित समयसम्म हुनु उपलब्धि भएकाले यसलाई त्यसै अनुसार बुझ्न आग्रह गरे।

यस बारेमा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्र बैंकले डायनामिक नीतिहरु लिने भन्दै त्यसै अनुसार समय निर्धारण गरिएको बताए। राष्ट्र बैंकले बिहीबार साँझ मौद्रिक समिक्षा गरेको हो।

प्रकाशित मितिः     १९ मंसिर २०७७, शुक्रबार ०७:१६  |