नेकपाका नेता विष्णु रिजाल भन्छन् -कोरोना वीमा नदिने कम्पनी विरुद्ध मुद्दा चलाउ


नेपालगन्ज १९ मंसिर : नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले वीमा रकम नदिने कम्पनीहरु माथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्ने बताएका छन् ।

बिमा कम्पनीहरूले कोरोना बिमाको रकम समयमै भुक्तानी नगरेर आफ्नो विश्वसनीयता नराम्ररी गुमाएको उल्लेख गरेका छन् ।


अर्थ मन्त्रालयले बारम्बार सहजीकरण र ताकेता गर्दा पनि बिमा रकम भुक्तानी गर्न आनाकानी गर्नुले उनीहरूको बिमितलाई दुः ख दिने, झुलाउने र ठग्ने नियत झल्किएको पनि उनले बताए ।

भुक्तानी गर्न सकिंदैन भने बरू बिमा नै नगरे हुन्छ । यस्ता कम्पनीहरूमाथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्ने उनको माग छ ।

प्रकाशित मितिः     7:39:14 AM  |