नेपालगन्ज मेडिकल कलेजले थप्यो आइसियु र भेन्टिलेटर


नेपालगन्ज २३ मंसिर :  नेपालगन्ज मेडिकल कलेजले ३२ वटा आइसियू बेड र भेन्टिलेटर थप गरेको छ । बाँकेको स्वास्थ्य क्षेत्रमा गौरवमय क्षण भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जनाएका छन् ।

उनका अनुसार मेडिकल कलेजमा ३२ आईसियु बेड थपिएको छ भने थप १२ भेन्टिलेटर तयारी अवस्थामा छन् ।


३ वटै प्रदेशको कोभिडका बिरामीहरुलाई धानेको बाँकेमा कोभिड महामारीमा पनि भेन्टिलेटरको कहिल्यै अभाब नरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

प्रकाशित मितिः     12:48:55 PM  |