सिडिओको सक्रियता, वडाको सहयोगले जिल्ला प्रशासन कार्यालय बाँकेमा सेवाग्राहीलाई एसी कोठा


नेपालगन्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उक्त कक्षको संयुक्त रूपमा उद्घाटन गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाको १र१ लाख रुपैयाँ सहयोगमा एसीसहितको उक्त कक्षको निर्माण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाले जानकारी दिए ।


बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङले हरेक सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखी सहयोगीसम्म सबैको बस्ने ठाउँ हुने तर सेवाग्राहीका लागि बस्नकालागि ठाउँ नहुने समस्या देखिएकाले सेवाग्राहीको सुबिधाका लागि नगरपालिकाका सबै वडाहरुको सहयोगमा प्रशासनमा एसीसहितको सुबिधा सम्पन्न कक्षको स्थापना गरी संचालनमा ल्याइएको बताए । उनले सबै वडाहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, आजैबाट सेवाग्राहीको सुबिधाका लागि बाँके प्रशासनमा टोकन प्रणाली पनि संचालन गरिएको छ । बास नेपालको सहयोगमा उक्त प्रणाली संचालनमा आएको हो ।

प्रकाशित मितिः     २४ मंसिर २०७७, बुधबार १३:५०  |
error: Content is protected !!