पेन्सनको तलव भेरीको कोभिड अस्पताललाई दिए बासुदेव रिजालले


नेपालगन्ज २४ मंसिर : भेरी अस्पतालको कोभिड यूनिटलाई बासुदेव रिजालले पेन्सन वापत प्राप्त एक महिनाको तलव हस्तान्तरण गरेका छन् ।

नेपालगन्ज निवासी रिजालले एक महिना बराबरको पेन्सन वापतको रु २७ हजार ९ सय ८३ रुपैया अस्पतालाई हस्तान्तरण गरेका हुन ।


बुधवार अस्पतालका व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद श्रेष्ठको रोहवरमा कोभिड यूनिट प्रमुख डा. श्याम शुन्दर यादवलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रकाशित मितिः     6:15:45 PM  |