उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई पितृशोक


नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका पिता कुल प्रसाद श्रेष्ठको मंगलबार बेलुका ९० बर्षको उमेरमा निधन भएको हो । उनको आफ्नै निबास ऐरावती गाउँपालिका वडा नम्बर ६, अर्लाबाङ्ग प्युठानमा निधन भएको छोरा कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।


व्यापारको शिलशिलामा सपरिवार नेपालगन्जमा बस्दै आएका छोरा कृष्णसहित उनका अन्य भाइहरु अहिले प्युठान पुगेका छन ।

प्रकाशित मितिः     6:43:38 AM  |