सेवाग्राहीबाट घुस खाने मालपोत कार्यालय, तुलसीपुरका प्रमुखदेखि सहयोगीसम्मलाई मुद्दा


नेपालगन्ज २ पुष :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, तुलसीपुर दाङका प्रमुख सहित चार जना बिरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुसररिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा बुटवलबाट खटिई गएको टोलीले तीन लाख बीस हजार घुस बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले मिलेमतो गरी सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काएका थिए ।

यसरी काम अड्काई सेवाग्राहीको नियमानुसार निशुल्क गर्नुपर्ने कामको लागि दु : ख हैरानी दिई झुलाई कार्यालय प्रमुख खड्का, नासु अधिकारी, नासु गिरीको योजना बमोजिम निजहरुले भनेअनुसार कार्यालय सहयोगी मिनराज गैरेले तीन लाख २० हजार घुसररिसवत रकम माग गरी बुझिलिएको पुष्टि भएको अख्तियारको दावी छ ।

निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुर भएकोले निजहरु नरेश कुमार खड्का, केशवराज अधिकारी, पुष्पराज गिरी र मिनराज गैरेलाई जनही तीन लाख बीस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १ को खण्ड घ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना उपर जनही बिगो रु. ३,२०,०००/- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०२ गते ।
—————————————————-

मालपोत कार्यालय, तुलसीपुर दाङका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरु पुष्पराज गिरी र मिनराज गैरेलाई सेवाग्राहीबाट रु. ३,२०,०००।– (तीन लाख बीस हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारी, मोठफाँटका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले मिलेमतो गरी सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई सेवाग्राहीको नियमानुसार निशुल्क: गर्नुपर्ने कामको लागि दु:ख हैरानी दिई झुलाई कार्यालय प्रमुख नरेश कुमार खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम निजहरुले भनेअनुसार कार्यालय सहयोगी मिनराज गैरेले रु. ३,२०,०००।– घुस/रिसवत रकम माग गरी बुझिलिएको पुष्टि हुन आएकोले निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजहरु नरेश कुमार खड्का, केशवराज अधिकारी, पुष्पराज गिरी र मिनराज गैरेलाई जनही रु. ३,२०,०००।– (तीन लाख बीस हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

प्रकाशित मितिः     २ पुष २०७७, बिहीबार १४:२५  |