संसद विघटन अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदम


नेपालगन्ज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जानुपर्ने निर्णय भएको बताउनु भएको छ । उहाले पार्टीभित्रकै खेलका कारण बाध्यात्मक अवस्था आएको बताउनु भयो ।

‘पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो’, उहाले भन्नुभयो, ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ ।’


मुख्यमन्त्री पोखरेलले चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुने बताउनु भयो । ‘सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ’, उहाको भनाई छ ।

प्रकाशित मितिः     ५ पुष २०७७, आईतवार २०:४७  |
error: Content is protected !!