त्रिभुवनचोक बैंक ठगी प्रकरण : ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता


नेपालगन्ज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बैंकका तत्कालिन शाखा प्रबन्धक ललित बहादुर शाही,सहायक (नगद) कल बहादुर ओली क्षेत्री,तत्कालीन उपप्रमुख होताराम योगी,सहायक (नगद) प्रिन्सी गुप्ता,रिजवान अहमद जसगढ,सकिना जसगढ,फहमिदा बानो जसगढ,सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर केके बिरुद्ध मुद्दा दर्ता गरेको हो ।

निम्न:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
 तत्कालीन प्रबन्धक ललित बहादुर शाही राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
सहायक (नगद) कल बहादुर ओली क्षेत्री राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन उपप्रमुख होताराम योगी राष्ट्रिय बाणिज्य बैंक, कर्णालीप्रदेश कार्यालय सुर्खेत रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ को कसुरमा सोही ऐनको दफा ९ र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 सहायक (नगद) प्रिन्सी गुप्ता राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
रिजवान अहमद जसगढ रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिने ।
सकिना जसगढ रु.७५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
फहमिदा बानो जसगढ रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर के.के. राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

त्रिभुवनचोक बैंक ठगी प्रकरण : किर्ते कागजात बनाउन को–को संलग्न ?

नक्कली धितोबाट १ करोड २५ लाख ऋण, नेपालगन्जका सुनचाँदी व्यवसायी समातिए

किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पुर्‍याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

प्रकाशित मितिः     १४ पुष २०७७, मंगलवार १८:१८  |