चुनाव जितिन्छ भन्ने लागेपछि प्रचण्डले छातीमा सूर्य चिन्ह टाँसे, बल्खुमा आँखा लगाए : महेश बस्नेत


नेपालगन्ज :  नेकपाका युवा नेता महेश बस्नेतले चुनाव जितिन्छ भन्ने लागेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सूर्य चिन्ह र तत्कालिन एमालेले बनाएका पार्टी कार्यालय प्यारो लाग्न थालेको बताएका छन् ।

प्रेस संगठन बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले प्रचण्ड बल्खुमा पुगी मदन भण्डारीको सालिकमा माल्र्यापण गरेको प्रति कटाक्ष गर्दै भने, -कामरेड प्रचण्डलाई हँसिया हथौडा बोकेर र पेसिरडाडा पुगेर चुनाव जितिदैन भन्ने लागे पछि यि सब काम गरिरहनुभएको छ ।

नेता बस्नेतले प्रचण्डलाई हँसिया हथौडा लिएर चुनावमा आउन चुनौती दिएका छन् । तर आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने डरले प्रचण्डले हँसिया हथौडा चुनाव चिन्हमा चुनाव लड्ने हिम्मत नगरेको बस्नेतले दावी छ ।

नेता बस्नेतले पूर्व प्रधानमन्त्री माधव नेपाललाई भागि विवाह गर्ने पात्रका रुपमा उल्लेख गरे । भागि विवाह गरेको पात्रले पुरानै घरको पहिचान अर्थात चुनाव चिन्ह सूर्य दावी गरेको देख्दा आश्चार्य लागेको बस्नेतको भनाई छ ।

अध्यक्ष प्रचण्डले सूर्य चिन्ह छातीमा टाँसेर सडकमा उत्रिएको, मदन भण्डारीको शालिकमा माल्र्यापन गरेको देख्दा उनी जबजमा समाहित भएको पुष्टि हुने बस्नेतले बताए ।

प्रकाशित मितिः     १४ पुष २०७७, मंगलवार १५:१४  |