हेटौंडामा सिद्धार्थ समूहको सेवा विस्तार


नेपालगन्ज : देशैभर होटेल, रिर्सोट, रेष्टुरेण्ट र क्याफेहरु सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै हेटौंडामा सेवा विस्तार गरेको छ । सिद्धार्थले हेटौंडामा सञ्चालित होटल सामनासँग व्यवस्थापकीय साझेदारी गरेर तीनतारे स्तरको होटल सुरु गरेको हो ।

बाग्मती प्रदेशको राजधानीको रुपमा रहेको हेटौँडामा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्ने लक्ष्यका साथ सिद्धार्थ गु्रपले सेवा बिस्तार गरेको जनाएकोछ । सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर सञ्चालनमा ल्याएको सामना होटेलमा ५८ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेण्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम, स्वमिङ पुल लगायतका सुबिधाहरु छन् ।

होटेल, रिर्सोट, रेष्टुरेण्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले पश्चिम नेपालको प्रमुख शहर महेन्द्रनगरदेखि पुर्वको शहर बिर्तामोडमा शाखाहरु सञ्चालन गर्दै आएको छ ।


गु्रपले कैलालीको टिकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाण्डौको बौद्ध, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा हुदै पुर्बी नेपालको बिर्तामोड गरी २८ वटा शाखा मार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ गु्रपले आफ्नो शाखा नभएका प्रमुख शहरहरुमा पनि त्यहाँका व्यवसायीहरुसंग व्यवस्थापकीय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको जनाएको छ । सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर शाखा बिस्तार गरेको यो तेस्रो शाखा हो । निकट भविश्य मै कपिलबस्तुको चन्द्रौटामा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको छ ।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने काठमाण्डौको बौद्धमा केहि दिनमै चारतारे होटेल सञ्चालनमा ल्याउदै छ । त्यसै गरी भैरहवामा ठुलो लगानीमा पाँच तारे होटल निर्माण गरि रहेको छ । सिद्धार्थ ग्रुप हेटौडामा सेवा बिस्तार गरेसंगै हेटौडाको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुराउने लक्ष्य राखेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

प्रकाशित मितिः     7:45:34 AM  |