प्रचण्ड र नेपाल पदका लागि पार्टी विभाजन गर्न तयार भए : पोखरेल


नेपालगन्ज, पुस २७ । लुम्बिनी प्रदेशका मूख्यमन्त्री एबम नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माफी मागेर आएमा अध्यक्ष स्वीकार गर्न तयार रहेको बताउनुभएको छ ।

बाँकेको खजुरामा सोमबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा उहाँले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाइ अराजनीतिक र गम्भीर आरोपित गरेर अर्का अध्यक्ष प्रचण्ड आफै पछारिएको टिप्पणी गर्नुभयो ।

उहाँले प्रचण्डले आफुले गरेको एतिहासिक भूलका लागि माफी मागे पार्टीमा अध्यक्ष पद सुरक्षित रहेको बताउनुभयो ।

पोखरेलले केही नेताहरुको पद र सत्ताको लोभले गर्दा पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपालले पदका लागि पार्टी विभाजन गर्न तयार भएको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बैजनाथ चौधरी, सुजिता शाक्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले सोमबार नै बाँकेको खजुरामा प्रदेश सरकारले निर्माण गरेको धनौली, गौघाट सडक र डुडुवामा गन्धैली नाला पुलको उद्घाटन गर्नुभयो ।

प्रकाशित मितिः     २७ पुष २०७७, सोमबार २१:३१  |