दिनदहाडै सुर्खेतरोडमा चेतन मानन्धरको हत्या गर्ने मध्येका दुई जना समातिए


नेपालगन्ज :  २०७२ सालमा नेपालगन्जको व्यस्त बजार धम्बोझीचोकमा दिनदहाडै नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धरको हत्यामा संलग्न भई फरार दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ब्यक्ति सहित घटना सँग सम्बन्धित विवरणहरु सार्वजनिक गरेको हो ।


पक्राउ पर्नेमा नेपालगंज १८ कारकाँदोका ३० बर्षिय हरी वली र सोही ठाँउका ३१ बर्षिय विवाद पाठक रहेका छन ।

नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहारी गरी हत्या भएको थियो । सो घटनामा संलग्न भएका भनिएका सो क्षेत्रका चर्चीत गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्ष अघि नै अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मितिः     5:16:30 PM  |