गुर्भाकोट : नेकपाले भेरीगङ्गामा नगर स्तरिय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य एबं कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
केन्द्रिय सदस्यहरु बालकृष्ण बिसी , चुडामणि सर्मा ,खड्क बाहादुर घर्ती त्यस्तै जिल्ला कमिटि सदस्यहरु , प्रदेश परीषद , जिल्ला समीती, नगर समिती लगाएतका अगुवा कार्यकर्ताको उपस्थितीमा भेला तथा प्रशीक्षण कार्यक्रम संपन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी बिष्टले आधीकारीक नेकपा नैं भएकोले दुबिधामा नरही जनतालाई अब हुने चुनाव लगायत हेरक मोर्चामा गोलबन्द गर्न आहन गरेका थिए ।
कार्यक्रमको सभापतित्व नगर पार्टीका सचिब टिकाराम सुबेदीले गरेका थिए भने संचालक नगरका बरीष्ठ सदस्य लोकेन्द्र वलीले गरेका थिए । कार्यक्रमको सभा यसअघी गुभाकोट र सिम्ता स्तरीय अगुवा कार्यकर्ता भेला संपन्न भैसकेको छ ।
यस लगतै सबै पालीका स्तरको भेला संपन्न गरी जिल्लाको केन्द्रिकृत कार्यक्रम संपन्न गर्ने लक्ष उक्त पार्टीले लिएको छ ।