अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार


नेपालगन्ज । विवादित छबीका स्वघोषित अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलगायतको समूहले भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट भर्खरै निको भएर विरामीको सेवामा सर्मापित डा। विपीन आचार्य डिउटीमा रहेका बेला बिनाकारण शाहीको समूहले कठालो समातेरा हातपात गरेको हो । डा. आचार्यसंगै नर्स देवा जिसीसहित तीन जनालाई अभर्द शैलीमा गालीगलौज गर्दै अभर्द व्यवहार गरेका छन् ।

स्वघोषित अभियन्ता किन अस्पताल पुग्यो रु जुम्लाका एक जना विरामी अस्पताल भर्ना भएका थिए । अभियन्ताले ति विरामीको उपचार किन राम्रो उपचार भएन रु प्रश्न गर्न स्वभाविक थियो । तर हातपातकै किन उत्र्यो त रु ‘बिना कारण म ममाथि हातपात भयो । म विरामी जा“च्दै थिए । एकाएक एउटा समूह आयो । कठालो समाते । उपचार किन राम्रोसंग भएन भन्दै धकेले,’ डा। विपीनले भने,‘म कोरोनाबाट भर्खरै सांचो भएको हु“ । तर पनि विरामीको उपचारमै छु । तर पनि हातपात गरे । नमजा लाग्यो ।’

शाहीको समूहले अस्पतालभित्र गरेको अभद्रताले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल गिरेको छ । कोरोनाको महामारीमा ज्यानको पारवाह नगरी विरामीको सेवामा जुटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भएको हातपातले सर्वत्र आलोचना गरिएको छ ।

‘नागरिक अभियन्ताको प्रमाणपत्र शाहीलाई कस्ले दियो रु कहाँ पाईन्छ अभियन्ताको प्रमाणपत्र रु अनि अभियन्तालाई हातपात गर्ने अधिकार कस्ले दियो,’ चिकित्सक र स्वास्थ्यकर्मी भन्छन्,‘बास्तविक अभियन्ताले सहयोग गर्नु पर्ने होईन र रु कि हातपात गरेर हत्तोसाहित गर्ने ?’

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पतालभित्र प्रवेश गरेर चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हातपात गर्नेलाई कारवाही हुन्छ,’ उनले भने,‘अराजतका गर्न कसैलाई छुट छैन ।’ चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने शाहीका समूहबिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता भएको छ ।

प्रकाशित मितिः     १९ माघ २०७७, सोमबार १९:११  |