नेपालगन्ज : नेकपा फुटेर नेता कार्यकर्ता एकअर्का बिरुद्ध लागिरहेका बेला कोहलपुरमा भने उद्योग वाणिज्य संघको चुनावमा फुटेका वामपन्थीहरु एक भएका छन् ।
नेकपाका दुवै खेमा आफ्ना उम्मेदवार जिताउन लागिपरेका छन् । कोहलपुर क्षेत्रका बामपन्थी उद्योगी व्यवसायीहरुले आसन्न कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा एकताबद्ध भएर चुनावी प्रतिस्प्रर्धा गरिरहेका छन् ।
राष्ट्रीय रुपमा नेकपा बिभाजित भएपनि कोहलपुरका व्यववासयीहरुले एकताबद्ध हुदै सर्बसम्मत रुपमा बिष्णु खानालको नेतृत्वमा चुनावमा प्रतिस्प्रर्धा गर्ने निर्णय भएको व्यवसायी नम प्रसाद शर्माले जानकारी दिए ।
खनाल कोहलपुर उद्योग बाणिज्य संघको संस्थापक सदस्यका साथै पूर्व महासचिव तथा उपाध्यक्ष समेत रही सकेका छन । कोहलपुर उद्योग बाणिज्य संघका निर्वाचन फागुन २२ गते हुदै छ । २२ गते हुने निर्वाचनका लागि फागुन ७ गतेसम्म फर्महरु नबिकरण र दर्ताको समयाअवधी रहेको संघका अध्यक्षका उम्मेदवार बिष्णु खनालले जानकारी दिए ।
उम्मेदवार टुगो लगाउने व्यवसायीको भेलामा बोल्दै उद्योग बाणिज्य महासघ लुम्विनी प्रदेश सदस्य नरेन्द्र शर्माले पार्टी बिभाजित अवस्थामा पनि एकताबद्ध भएर खनाल नेतृत्वलाई बिजयी गराउन लाग्नका लागी निर्देशन दिए ।
निर्वाचन परिचालनका लागि कोहलपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिती गठन गरिएको जानकारी समेत दिए ।
नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी व्यवासयीले लक्ष्मण राज पौडेलको नेतृत्वमा चुनाव जाने तयारी गरेका छन ।