नेपालगन्ज फोटो फेस्टिवलका विधामा दैनिक जीवनदेखि बन्यजन्तु तथा प्रकृतिसम्म


नेपालगंज । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते शुक्रबारदेखी आयोजना गर्ने भनिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल प्राविधिक कारणले आगामी फागुन १८ र १९ गते गरिने भएको छ ।

‘यसबाट पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं’– अन्तरालका अधिकृत गणेश राईले भने । उनले फेस्टिवललाई अझै भव्यता दिने गरी तयारी भैरहेको बताए । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गते सम्म समय थप गरिएको छ । फोेटो प्रतिस्पर्धाका लागि ६ विधाहरुमा पठाउन सकिनेछ ।

-नेपालगन्ज फोटो फेस्टिबल १८ र १९ फागुन २०७७ फोटो फेस्टिबल हुने स्थानः  नेपालगन्ज

-फोटो पठाइसक्नुपर्ने अन्तिम मितिः २०७७ फागुन १५

-फोटो पठाउने ठेगानाः nepalgunjphoto@gmail.com

-फोटो प्रतियोगिताका बिधाहरु

१. दैनिक जीवन (Daily Life) २. संस्कृति तथा पर्यटन (Tourism and Culture) ३. खेलकुद (Sports) ४.बन्यजन्तु तथा प्रकृति (Wildlife and nature) ५. नेपाल स्माइल (Nepal Smile) ६. समाचार (News) ७.फोटो कथा (Photo Story) (यो विधामा पुरस्कारको व्यवस्था गरिएको छैन) फोटो पठाउने नियमहरु फोटो प्रतियोगिताका लागि पछिल्लो दुई वर्षको अवधिमा खिचिएका फोटोहरु मात्र स्वीकार्य हुनेछन् ।

नेपालका जुनसुकै फोटोग्राफरले खिचेपनि फोटो भने लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशको हुनुपर्नेछ ।

अन्य नियमहरु १.एक व्यक्तिले सबै विधाहरुमा भाग लिन पाउनेछन् । २. एक व्यक्तिले एक विधामा २ वटामात्र फोटो पठाउन पाउनेछन् । ३. फोटो सकभर हाइ रिजोलुसनमा हुनुपर्नेछ । तर सामान्य क्यामेरा या मोवाइलवाट खिचिएको फोटो पनि समावेश गरिनेछ। ४. प्रत्येक फोटोको क्याप्सन (फोटोबारेको जानकारी) छुट्टै फाइलमा वा इमेलमा लेखेर पठाउनुपर्नेछ । ५. क्याप्सन बिनाको फोटो छनोटमा पर्नेछैन । ६. फोटो पठाउँदा इमेलमा आफ्नो सम्पर्क नम्बरपनि राख्नुपर्नेछ । ७. फोटो कथा बिधामा फोटो पठाउँदा कम्तीमा ५ देखि १२ वटा सम्म फोटो र त्यसको कथा पनि लेखेर पठाउनुपर्नेछ । धन्यवाद । प्रत्येक विधावाट १ जना पुरस्कृत हुनेछन् भने सवै फोटो मध्ये सर्वोत्कृष्टले ` वर्ष फोटो´ उपाधि सहित पुरस्कार प्रदान गरिनेछ। छानिएका १सय ५१ फोटो (फोटो कथा वाहेक ) प्रदर्शनीमा राखिनेछ। थपजानकारीकालागि- अन्तराल ९८५११२९७८३/ ०८१-५२१०००

प्रकाशित मितिः     ८ फाल्गुन २०७७, शनिबार १५:०३  |