नेपालगन्ज ९ फागुन : सरकारले बाँकेको नौवस्ता सहित देशभरका पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछ ।
नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास फागुन ११ गते उद्योग मन्त्री लेखराज भटट्ले गर्ने तयारी भइरहेको हो ।
बस्ति व्यवस्थापनको समस्याका कारण नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । तर शिलान्याससंगै काम अघि बढ्ने बिश्वास गरिएकोे छ ।

सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने