खुकुरी म्युजिक नेसनको ग्रान्ड फिनाले आज, बाँकेका यि हुन प्रतिस्पर्धी


नेपालगन्ज :  खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फिनाले आइतबार हुँदै छ ।

कोरोना भाइरसको महामारीका बीच सुरु गरिएको उक्त प्रतियोगिता विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट चारमा पुगेका मध्येबाट आइतबार बेलुकी विजेता घोषणा गरिनेछ ।

सर्च फर द नेक्स्ट स्टारु नाराका साथ सञ्चालन गरिएको खुकुरी म्युजिक नेसन प्रतियोगिता द नेपाल डिस्टिलरिज प्रालिले संगीतका पारखीहरूका लागि आयोजना गरेको हो ।


विभिन्न राउण्ड पार गर्दै अहिले शीर्ष चारमा बाँकेका प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राई, अमेरिकामा बस्दै आएका सन्देश गुरुङ र भरतपुरका सन्तोष घले चयन भएका छन् । उनीहरू आजै ग्रान्ड फिनालेमा भिड्दै छन् ।

खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फिनालेका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सबै प्रतियोगीहरूले आ(आफ्नो अनुभव सुनाएका थिए ।

प्रकाशित मितिः     1:44:51 PM  |