पोखरेली पर्यटन व्यवसायीलाई स्वागत गर्दै संघले भन्यो-पर्यटन प्रर्वद्धनमा सघाउँछौ


नेपालगन्ज १० फागुन :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज पोखराबीच पर्यटन क्षेत्रमा हुने सहकार्यमा सघाउने बताएको छ ।

पहिलो पटक हवाई उडानबाट नेपालगन्ज आएका पोखराका पर्यटन व्यवसायीलाई स्वागत गर्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आईतवार भने, -नेपालगन्ज र पोखराबीचको अन्तरसम्बन्ध बढाउनका लागि हुने जस्तोसुकै कार्यका लागि सघाउँन तयार छौं ।


मन्सुरीले नेपालगन्ज पोखरा नियमित हवाई उडानका लागि जोडदार आवाज उठाइरहेको पनि बताएका छन् ।

मन्सुरीको अध्यक्षतामा नेपालगन्ज देखि पोखराको आरम्भ भएको हवाई यात्राको सम्बन्धमा पोखरा देखि नेपालगन्ज आउनु भएका नाट्टा गण्डकी प्रदेशका सम्पूर्ण टिमलाई संघमा स्वागत गरी उनीहरुसँग भेटघाट तथा यस क्षेत्रका पर्यटन, उद्योग, व्यवसायको अवसर, चुनौती र उपयोगिता लगायत विषयमा छलफल गरि कार्यक्रम भएको हो ।

प्रकाशित मितिः     1:55:35 PM  |