सिडीओ साब ! नापी कार्यालय बाँकेले दुःख दियो


नेपालगन्ज : इन्टरनेट नचलेको भन्दै नापी कार्यालय बाँकेले दुःख दिएको सेवाग्राहीले गुनासो गरेका छन् ।

पछिल्लो चारदिन देखि त्यसरी दुःख पाएका सर्वसाधारणले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई सामाजिक सन्जाल मार्फत गुहारेका छन् ।

‘भोलिको दिनमा नापी शाखा मुर्दावाद र कर्मचारीलाई थुनामा राख भन्ने नारा आउन नि बेर छैन । चार दिन देखि इन्टरनेट चलेछैन भनेर सेवाग्राहीलाई दिन भरी कुराएर राख्ने तरिका नि भएन ।’– सामाजिक सन्जालमा सेवाग्राही अमित कश्यपले लेखेका छन् ।
एनले अब यो नेपालगन्ज नापीको इन्टरनेट कति बेला चल्छ भन्ने कुराको जानकारी कसै संग छ भने जानकारी गराइदिन अनुरोध समेत गरेका छन्

प्रकाशित मितिः     १० फाल्गुन २०७७, सोमबार ०७:१०  |