दर्शकको मन जितेर फर्कियो नेपालगन्जको प्याराडाइज ब्याण्ड


नेपालगन्ज :  खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फिनाले आइतबार सम्पन्न भएको छ ।

कोरोना भाइरसको महामारीका बीच सुरु गरिएको उक्त प्रतियोगिता विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट चारमा पुगेका मध्येबाट आइतबार बेलुकी विजेता घोषणा गरियो ।

सर्च फर द नेक्स्ट स्टारु नाराका साथ सञ्चालन गरिएको खुकुरी म्युजिक नेसन प्रतियोगिता द नेपाल डिस्टिलरिज प्रालिले संगीतका पारखीहरूका लागि आयोजना गरेको हो ।


विभिन्न राउण्ड पार गर्दै अहिले शीर्ष चारमा बाँकेका प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राई, अमेरिकामा बस्दै आएका सन्देश गुरुङ र भरतपुरका सन्तोष घले चयन भएका थिए । उक्त प्रतियो्गितामा बिजेता नबनेपनि आफुहरुले दर्शकको मन जितेको नेपालगन्जको प्याराडाइज ब्यान्डले जनाएको छ ।

खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फिनालेका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सबै प्रतियोगीहरूले आ९आफ्नो अनुभव सुनाएका थिए ।

प्रकाशित मितिः     १० फाल्गुन २०७७, सोमबार १७:२०  |
error: Content is protected !!