नेपालगन्ज : बाँकेमा कुनै बेला तारे होटलमा लगानीको आर्कषण थियो । अहिले पनि छिपटफुटरुपमा त्यस्ता होटलहरु नखुलेको होइन । तर होटल भन्दा फनपार्कमा लगानी थपिएको छ ।
एउटै समयमा बाँकेमा तीनवटा फनपार्क सन्चालनमा आएका कारण पनि यसमा लगानीकर्ताको आर्कषण रहेको पुष्टि हुन्छ । फनपार्कले नेपालगन्जमा पश्चिम नेपालका सर्वसाधारणको फ्लो बढाउने निश्चित छ ।
फनपार्कमा रमाइलो गर्न आउनेहरुको संख्या सिजनमा बढ्ने देखिन्छ । भवानीयपुरमा मेरो प्लानेट, बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा मानसरोवर वाटरपार्क र राँझामा अर्को एउटा फनपार्क सन्चालनको अन्तिम तयारीमा छ ।
चिसो मौसममै दुईवटा फनपार्क सन्चालन भइसकेका छन् भने एउटा सन्चालनमा आउन बाँकी छ । गर्मी मौसमलाई फनपार्ककोे सिजनका रुपमा हेरिने भएकाले बिजनेश बढ्ने उत्साह थपिएको छ ।
नेपालगन्जलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्यका रुपमा विकास गर्न हस्पिटालिटि क्षेत्रमा भैरहेको ठूलो लगानी बीच वाटर तथा फन पार्कका लागि निजी क्षेत्रले धमाधम लगानी गरिरहेको होे ।
यहाँका फनपार्कले भारतीय पर्यटकसमेत तान्ने उदेश्यले राखेका छन् । मेरो प्लानेटका निर्देशक ओम मिश्रले नेपालगन्जका फनपार्कमा भारतीय पर्यटकहरु पनि आउने बताएका छन् ।
महानगरका लागि आवश्यक पर्ने महत्वपूर्ण पूर्वाधारका रुपमा वाटरपार्कलाई विकास गर्ने बताएका छन् ।
पछिल्लो समयमा आएर बाँकेको नेपालगन्ज र कोहलपुरमा होटल, ब्यबसायीक प्रतिष्ठान, मल, ठुला उद्योग र वाटरपार्क तथा फनपार्कमा अर्बौको लगानी गरिएको छ ।