नेपालगन्ज ११ फागुन : फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुईवटा प्यानल मतदाताको घरदैलोमा पुगेका छन् । नेकपा निकट व्यवसायी र नेपाली काँग्रेस आस्थावान व्यवसायीहरु चुनावको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
उनीहरु साझा समावेशी व्यवसायी प्यालन र लोकतान्त्रिक समावेशी व्यवसायी समूहका माध्यमबाट चुनावी मैदानमा उत्रने भएका हुन् । साझा समावेशी प्यालनको नेतृत्व विष्णु खनालले गरेका छन् । लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व लक्ष्मण राज पौडेलले गरेका छन् । चुनाव कै लागि निर्वाचन कार्यतालिका अनुसार गतिविध शुरु हुन एकसाता बाँकी छदैँ दुवै पक्षले उम्मेदवारहरुको छनौट कार्य सम्पन्न गरिसकेका थिए । अहिले दुवैपक्ष आफ्नो पक्षमा व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उद्देश्य सहित आन्तरिक रुपमा सक्रिय भइरहेका छन् ।
यी हुन् दुवै समूहका उम्मेदवार
साझा समावेशी व्यवसायी प्यालनबाट अध्यक्षको उम्मेदवार विष्णु खनाल हुन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार तेजप्रसाद अधिकारी छन् ।उपाध्यक्ष ‐उद्योग) तर्फ कमल खड्का र उपाध्यक्ष ‐वाणिज्य) तर्फ बलराम देवकोटा तथा महासचिव पदका उम्मेदवार नविन खड्का रहेका छन् । उप–महासचिव पदका उम्मेदवार परशुराम लामिछाने, कोषाध्यक्ष पदका खेमप्रसाद घिमिरे, सह–कोषाध्यक्ष पदको उम्मेदवारमा भुपेन्द्र प्रसाद काफ्ले रहेका छन् । यस्तै सदस्यहरुमा गंगाराम भण्डारी,वेदराज घिमिरे,विकास बुढाथोकी, अर्जुन प्रसाद सुवेदी, ओमप्रकाश चापागाई, जगत रामदाम, गोपाल प्रसाद अधिकारी र ओपेन्द्र नाथ योगी रहेका छन् ।
महिला सदस्यका उम्मेदवार भने अम्बिका आचार्य,कमला खड्का हुन् भने एसोसियट सदस्यका उम्मेदवार पुष्पराज न्यौपाने रहेको महासचिवको उम्मेदवार बनेको नविन खड्काले जानकारी दिए । यता लोकतान्त्रिक समावेशी व्यवसायी समूह तर्फबाट अध्यक्षको उम्मेदवार लक्ष्मण राज पौडेल रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टरराई रहेका छन् । उपाध्यक्ष (उद्योग) तर्फ चण्डी प्रसाद गैरे र उपाध्यक्ष (वाणिज्य) तर्फ संगिता सुवेदी उम्मेदवार बनेका हुन् ।
महासचिव पदका लागि मातृका प्रसाद सापकोटा, उप–महासचिवमा दिपक बहादुर भण्डारी, कोषाध्यक्षमा सिता कार्की, सह–कोषाध्यक्ष पदको लागि हरि शरण केसी उम्मेदवार रहेका छन् । यस्तै खुल्ला सदस्य तर्फ तेज बहादुर अधिकारी, भूमिराज कँडेल, राकेश विष्ट, होम बहादुर रावत, यज्ञ प्रसाद सुवेदी, दिपक ओली, यादव राज बस्याल र नविन कुमार शाही रहेका छन् । यसैगरी महिला सदस्य तर्फ पवित्रा ढकाल र सर्मिला मल्ल र वस्तुगत तर्फ भरत खत्री र दीप नारायण श्रेष्ठ रहेका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघले शनिबार सम्म म्याद रहेको नयाँ दर्ता नविकरणमा कुल ३ हजार ४ सय ६४ जना व्यवसायीहरुको फर्म दर्ताका लागि निवेदन पेस भएको जनाएको छ । पुराना र नयाँ गरी अन्तिम मतदाता नामावली १२ गते प्रकाशन गर्ने तयारी गरिएको छ । यसअघि कोहलपुर उद्योग वाणिज्य संघमा १ हजार ४ सय ५७ जना उम्मेदवार थिए ।