नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास, बस्ति व्यवस्थापनको उल्झन यथावत


नेपालगन्ज :  नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्यको शिलान्यास गरिएको छ । शिलान्यासका क्रममा स्थानीयबासिन्दाले अवरोध समेत गरेका छन् ।

बस्ति व्यवस्थापन नगरी शिलान्यास गरेको स्थानीयको आरोप छ । स्थानीयहरुको विरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ ।


विवादका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज भट्ट, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भूमिपुजन गरेर औद्योगिक क्षेत्रको मंगलबार शिलान्यास गरे ।

औद्योगिक क्षेत्रमा पर्ने बस्तीको व्यवस्थापन नगरी शिलान्यास गर्ने लागिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।

प्रकाशित मितिः     4:57:36 PM  |