अब हुने अस्थिरताले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि हुनेछ-पोखरेल


नेपालगन्ज :  सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसलाप्रति प्रतिक्रिया जनाउँदै नेकपाका नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुने बताएका छन् ।

सामाजिक सन्जाल मार्फत प्रतिक्रिया जनाउँदै उनले अब शुरु हुने अस्थिरताले त्यसको पुष्टि गर्ने उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले भने-सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।


प्रकाशित मितिः     9:57:41 PM  |