फागुन १६, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू २ अर्ब ६० करोड ६६ लाख रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू २ अर्ब ७३ करोड ६९ लाखभन्दा बढी पुग्नेछ ।