साँघुरो एकलैनी अब फराकिलो, बाटो बिस्तारमा सहयोग गर्नेलाई मेयरको धन्यवाद !


नेपालगन्ज :  नेपालगन्जको सबैभन्दा पुरानो र अहिले पनि व्यस्त रहने एकलैनी बजारको बाटो फराकिलो बनेको छ । नेपालगन्जका मेयर डा. धवल शम्सेर राणाका अनुसार बाटो बिस्तारको काम सम्पन्न भएको छ । उनले सबैभन्दा पुरानो शहरको भाग बिस्तार गर्न सहयोग गर्नेलाई धन्यवाद दिएका छन् । लामो समयको रस्साकस्सीपछि बजार क्षेत्र बिस्तारको काम भएको थियो ।

एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको थिएन । स्थानीय वडा कार्यालयहरुको समन्वयमा स्थानीयलाई सहमतिमा लिएर विस्तारको काम शुरु गरिएको थियो ।

 

उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरुआत गरिएको थियो । नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषवाट झण्डै रु २२ करोड छुट्याइएको थियो ।
स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन बर्ष पुग्न लाग्दा समेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अघि बढन् सकेको थिएन ।

मोटर जान नसक्ने तीन मिटरभन्दा सानो वाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था एकलैनीले बर्षौदेखि भोग्दै आएको छ ।

यसका साथै एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको थियो ।

प्रकाशित मितिः     १८ फाल्गुन २०७७, मंगलवार ०७:२७  |