
गुर्भाकोट १८ फागुन : गुर्भाकोट नगरपालिका ११ बर्मगार टोलका कृषकको जीवनस्तर उकास्न र व्यवसायीक पशुपालन गर्न बिशेष कार्यक्रम ल्याइएको छ ।
कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालय विरेन्द्रनगरबाट सो क्षेत्रका प्रदेश सांसद ठम्मर विष्टको पहलमा लक्षित वर्ग कार्यक्रम सन्चालन भइरहेको हो ।
रु १० लाखको परियोजनाको उद्घाटन समेत भएको छ ।

विष्टद्धारा उद्घाटन भएको कार्यक्रममा पशुपन्छी विकास निर्देशनालय बिरेन्द्रनगर सुर्खेतका निमित्त निर्देशक मोहन गिरी , भेरींगगा उद्योग बाणिज्य सङका बरिष्ठ उपाध्यक्ष जय बहादुर डाङी,नेकपा गुर्भाकोट नगर कमिटी अध्यक्ष देब बहादुर खत्री,सचिब मोति बिक लगायत उक्त स्थानका अगुवा कृषकहरुको उपस्थितिमा कार्यक्रम गरिएको छ ।
सोही कार्यक्रममा सांसद विष्टले यस क्षेत्रका कृषकहरुको आयस्तर उकास्नको लागि आफुसधै कटिबद्ध रहेको समेत बताएका छन् । साथै निम्न बर्गका कृषकहरुको आयस्तर बडाउनको लागि यस्ता कार्यक्रमहरुलाई संधै निरन्तरता दिने समेत बताए ।
त्यस्तै कृषि लक्षित वर्ग अन्तर्गतको रु १० लाखको कार्यक्रम गुर्भाकोट ५ थग्लेनी राजिगाउ, रातामाटा टोलमा पनि शुरु भएको छ ।

