बाँकेका केही सरकारी विद्यालयको बेइमानी : बेरुजु सम्परिक्षण गर्न आनाकानी


नेपालगन्ज :  बाँकेका सरकारी विद्यालयले लामो समय बित्दा समेत आईसिटी कक्षा सन्चालन गर्दाको बेरुजु सम्परिक्षण गरेका छैनन् ।

बेरुजु फर्छौट नगरेका विद्यालयलाई तत्काल गर्न जिल्ला शिक्षा समन्वय समितिले सूचना जारी गरेको छ ।

भौतिक निर्माण, पुस्तकायले सुधारदेखि आईसिटीको काम गर्दा बजेट विनियोजन गरिएको थियो । काम सम्पन्न हुने म्याद सकिएको धेरै भइसक्दा समेत कयौं विद्यालयले बेरु फर्छौट गरेका छैनन् ।

उनीहरुलाई तत्काल बेरुजु फर्छौट गर्न जिल्ला समन्वय समितिले ताकेता गरेको हो ।

प्रकाशित मितिः     १९ फाल्गुन २०७७, बुधबार १४:००  |