लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’


नेपालगन्ज २० फाल्गुण :  देशभर रहेका साठ्ठी भन्दा धेरै सिमेन्ट उद्योग मध्ये पैतालिस उद्योग लुम्विनी प्रदेशमा छन् ।

त्यसमाथि हालसम्म देशकै ठूलो सिमेन्ट उद्योग होङ्गसीको उद्योग गण्डकी प्रदेशमा भएतापनि खानीक्षेत्र लुम्विनी प्रदेशमा पर्दछ । लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’ बनेको छ ।

प्रदेश योजना आयोगले लुम्बिनी प्रदेशका सिमेन्ट उद्योग र खानीहरूको अवस्था तथा अर्थतन्त्रमा योगदानका विषयमा अध्ययन गर्दै छ ।

यसले सिमेन्ट उद्योगको अवस्थामा सचित्र प्रस्तुत गर्दै छ ।

सिमेन्ट उद्योगमा पछिल्लो समय २० अर्व बैदेशिक लगानी भित्रिएको छ भने १० अर्व भित्रिने क्रममा रहेको छ ।


लुम्बिनी प्रदेशको भैरहवा, नवलपरासी, दाङ, बाँकेमा उद्योगहरू संचालनमा छन् ।

लुम्बिनी प्रदेशका पाल्पा, दाङ, अर्घाखाँची, प्युठान र रोल्पामा चूनंढुङ्गाखानीको प्रख्यात छन् ।

 

प्रकाशित मितिः     २० फाल्गुन २०७७, बिहीबार ०६:४०  |
error: Content is protected !!