राजश्व अनुसन्धानमा नयाँ प्रमुख आए, कार्यालय चिटिक्क पारे


नेपालगन्ज २२ फाल्गुण :  नयाँ कार्यालय प्रमुख आएसंगै राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा सुधारका काम हुन थालेका छन् ।

सरोज पोख्रेलले केही दिन अघि मात्र उक्त कार्यालयको प्रमुखका रुपमा हाजिर भएका थिए । युवा उपसचिव पाएपछि कार्यालयमा सुधारको काम हुन थालेको कर्मचारीहरु बताउँछन् ।


पोख्रेल उपसचिव भएपछि पहिलो पदस्थापना राजश्व अनुसन्धानमा भएको हो ।

शनिवार पोख्रेल लगायतका कर्मचारीले कार्यालय परिसर सफा गरेर चिटिक्क पारे ।

पोख्रेल भन्छन्- आफ्नो कार्यालय सफा पार्ने कुरा नौलो होइन । कार्यालय परिसर चिटिक्क पार्नुपर्छ । सहकर्मी मिलेर सरसफाई गरेका हौं । कार्यालय परिसर मात्र होइन कामकाजलाई समेत प्रभावकारी बनाउन पोख्रेल सक्रिय रहेको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७७, शनिबार १७:२१  |
error: Content is protected !!