अर्थमन्त्रीले भने-उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्यौं


 Photo: RSS

काठमाडौं। सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिए।

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको कार्यक्रममा अर्थमन्त्री पौडेलले भने – ‘विद्युतको डिमान्ड शुल्क बारे हामीले एउटा निर्णय गर्यौं । उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्यौं । होटल टुरिजम सेक्टरले पनि अब डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौँ ।’

कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप दिने प्रक्रियालाई पनि सरकारले निरन्तरता दिने समेत बताए।

सबै लक्षित समुदायमा खोप पुर्याउने उनको भनाई छ । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व काम गरेको समेत बताए।

उनले भने – ‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडी बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पुर्याउँछौं। सबैलाई हामी क्रमशः प्राथमिकताका आधारमा भ्याक्सिन उपलब्ध गराउछौँ । सरकारले खासगरीकन आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकासका, निर्माणका, समृद्धिका अभियानलाई अगाडी बढाउने सन्दर्भमा पनि निजी क्षेत्रको बैंक, वित्तीय संस्थाहरुको मनोबललाई उठाएर अगाडि बढाउने सन्दर्भमा पनि महत्वपूर्ण कामहरु गरेको छ।’

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए। समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाई छ ।

बिजमाण्डुबाट

प्रकाशित मितिः     २२ फाल्गुन २०७७, शनिबार १७:३४  |