निर्माण व्यवसायी महासंघ बाँकेको अध्यक्षमा टेक बहादुर खड्का, महासचिवमा भुपाल ओली


नेपालगन्ज । निर्माण व्यवसायी संघ बाँकेको ९ औं अधिबेशनबाट अध्यक्षमा टेक बहादुर खड्का पुनस्निर्बाचित भएका छन् ।

निर्बाचित अध्यक्ष खड्काले अर्का प्रतिद्वन्द्वी जितेन्द्र हमाल लाई ४५ मतको अन्तरले पराजित गरेका छन् । खड्काले २१७ खसेको मतमा १३० मत ल्याए भने हमालले ८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै खड्का प्यानलका ८ जना पदाधिकारीहरु निर्बाचित भएका छन् ।

खड्का प्यानलबाट निर्बाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा लिलाराम उपाध्याय,प्रथम उपाध्यक्ष टंक बहादुर खड्का, द्वितीय उपाध्यक्ष दिनकर भट्टराई,महासचिवमा भुपाल वली,आन्तरिक उपमहासचिवमा नरेश बहादुर शाही,कोषाध्यक्षमा मुहतयार कबडिया र सह-कोषाध्यक्षमा माधब शाही रहेका छन् ।त्

यस्तै हमाल प्यानलबाट नितिगत उपमहासचिवमा कुन्जीलाल बर्मा निर्बाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा बिजयी हुनेहरुमा बिजयी हुने सदस्यहरुमा अन्जनी कुमार गुप्ता, मद्न कुमार अग्रवाल,शोभाकर शर्मा,टेक बहादुर शाही ,मीन बहादुर खत्री र रमेश जङ्ग शाह रहेका छन् । बिजयी सदस्यहरुमा खडका प्यानलबाट ४ जना र हमाल प्यानलबाट २ जना सदस्यहरु निर्बाचित भएका छन् ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार ०६:४०  |