अब माओवादीसँग एकता गर्न नयाँ आधार खोज्नुपर्ने एमाले नेताको भनाई


काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ ।

केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्‍ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।’


ज्ञवालीले अब माओवादीसँग पुनः एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्छ । यो फैसलाले हामीलाई सही ठाउँमा पुर्‍याएको छ । अरु कुरा विस्तृत फैसला हेरेपछि मात्र भन्छौं ।’

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार १५:५१  |
error: Content is protected !!