यातायात कार्यालय बाँकेमा सुधार गरिएका छ काम


नेपालगन्ज :  यातायात कार्यालय बाँकेमा सुधारका कामहरु भइरहेका छन् । निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले सेवा प्रभावकारी बनाउन सक्दो प्रयास गरिएको बताउँछन् ।

यातायात, मालपोत जस्ता कार्यालय असाध्यै भिडभाड हुने गरेका भए पनि कार्यालय प्रमुखहरुले सुधार गर्न ध्यान दिएका हुँदैनन् । जसका कारण सेवाग्राहीहरुले दुःख पाइरहेका हुन्छन् ।

खत्री उक्त कार्यालयको निमित्त प्रमुख भएपछि स्थानीयस्तरबाट हुन सक्ने कार्यदेखि विभागलाई भनेर हुने सुधारका कार्य समेत भइरहेका
छन् । पछिल्लो समय यातायात कार्यालयमा भएका सुधारका कामहरु बुँदागतरुपमा यस्ता छन्-

उपर्युक्त सम्बन्धमा यातायात व्यवस्था विभागबाट प्रिन्ट भई यस कार्यालयमा प्राप्त भएका स्मार्ट कार्डहरु साविकमा manual  record system बाट वितरण हुदै आईरहेकोमा यसको संख्यामा भएको वृद्धि र वितरणमा आएको जटिलताई सरलीकरण र सहजीकरण गर्दै दुरुस्त वितरण अभिलेख प्रणाली बनाउनको लागी मिति 2077/9/25 देखि License Distribution Information Management system (LDMIS) लागु गरिएको व्यहोरा सादर अनुरोध छ । यस अघि उक्त LDMIS  प्रणाली बाग्मती प्रदेशभित्रका यातायात व्यवस्था कार्यालयहरुमा लागु गरिएकोमा उपत्यका वाहिर पहिलो पटक यस कार्यालयमा लागु गरिएको छ ।यस प्रणालीबाट कार्डहरुको वितरण र अभिलेख व्यवस्थापन प्रणालीमा सुदृढिकरण भएको छ ।

सवारी सम्वद्ध राजश्व भुक्तानी गर्दा कार्यालयमा हुने अस्वभाविक भिडलार्इ व्यवस्थित र कम गर्न बैङ्क काउन्टरमा टोकन प्रणाली 2077 भाद्र महिनादेखि लागु भईसकेको छ । टोकन प्रणालीले सेवाग्राहीको समय व्यवस्थापन र सेवाको सुनिश्चितता गरेको छ । यसलाई थप व्यवस्थित गर्न बैङ्क काउन्टरको विकल्पको रुपमा CONNECT IPS सफ्टवेयर मार्फत Online राजश्व भुक्तानी प्रणाली 2077 फाल्गुन 15 गतेदेखि सुरु गरिएको छ । यसले बैङ्कको विकल्पको रुपमा शिघ्र सेवा प्रदानमा मद्दत गरेको छ । सवारी कर तिर्न यो प्रणालीको प्रयोग गर्ने यातायात बाँके पहिलो कार्यालय हो ।

 2077 फाल्गुन 15 देखि नै Help Desk को संचालन गरिएको छ । Help Desk को प्रयोगले लेखापढीको भूमिका न्यूनिकरण भएको र सेवाग्राहीमा सकारात्मक प्रभाव परेको छ ।

सवारी चालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षा स्थलमा रहेका प्राविधिक त्रुटिहरु भई सच्याएर मापदण्ड अनुकुल तुल्याइएको छ । यसमा बजेट अभावका कारण बाँकी रहेको कामको ईस्टिमेट गरी तालुक मन्त्रालयसँग समन्वय गर्ने प्रकृयामा रहेको छ ।

आन्तरिक कर्मचारी व्यवस्थापनतर्फ राष्ट्रसेवकहरुलाई कार्यालयका सबै किसिमका काममा परिचित र अब्वल बनाउन 3/3 महिनामा फाँट र भूमिका परिवर्तन गर्ने गरिएको छ ।

कार्यालयका सम्पूर्ण जिर्ण अवस्थामा रहेका सवारी दर्ता तथा लाईसेन्सका अभिलेख ढड्डाहरु वाईन्डिङ्ग गरी अभिलेखलाई सुरक्षित र खोजेको वखत प्राप्त हुने गरी व्यवस्थित गरिएको छ । हजारौ सवारीका फाईलहरु वर्णानुक्रममा मिलाएर सेवाग्राहीमैत्री बनाईएको छ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार २२:०६  |