लक्ष्मणराज पौडेल कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित


नेपालगन्ज :  कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्षमा प्रजातान्त्रिक प्यानलका लक्ष्मणराज पौडेलको प्यानल विजयी भएको । उनले कुल दुई हजार चार सय ६७ मत मध्ये एक हजार ६ सय ६१ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकत्तम प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका विष्णुप्रसाद खनालले एक हजार तीन सय ४४ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त लोकबहादुर शाहले जानकारी दिए ।

त्यसैगरि, बरिष्ठ उपाध्यक्षमा पनि प्रजातान्त्रिक प्यानलका प्रदिप भट्टराई विजयी भएका छन् । उनले एक हजार ९ सय २२ मत ल्याए । उनका निकत्तम प्रतिद्वन्द्वी तेजप्रसाद अधिकारीले एक हजार एक सय १७ मत पाए ।

निर्वाचन समितिका अनुसार, उद्योगतर्फको उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका एक हजार आठ सय २७ मत प्राप्त गरि चण्डीप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा एक हजार ६ सय २१ मत प्राप्त गरि संगिता सुवेदी विजयी भइन् ।


महासचिवमा पनि प्रजातान्त्रिक प्यानलका मातृका सापकोटा विजयी भएका छन् । उनले एक हजार ६ सय ४ मत पाए । भने, उप– महासचिवमा दीपकबहादुर भण्डारी र कोषाध्यक्षमा सीता कार्की विजयी भइन् ।

भण्डारीले एक हजार सात सय ९२ र कार्कीले एक हजार सात सय ३९ मत पाए । सह–कोषाध्यक्षमा पनि प्रजातान्त्रिक प्यानलका एक हजार चार सय ४२ मत प्राप्त गरि विजयी भएको निर्वाचन आयुक्त शाहले जानकारी दिए । अधिकांश सदस्यमा पनि प्रजातान्त्रिक प्यानलले जितेको उनले बताए ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार २२:१३  |
error: Content is protected !!