हार्ने निश्चित भएपछि मध्यरातमा अकोरावको अधिवेशन रोक्ने हाँस्यास्पद निर्णय


 

नेपालगन्ज :  हार्ने निश्चित भएपछि अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर सामुदायिक रेडियो प्रसारक संघ ( अकोराव)को सातौ अधिवेशन रोक्ने हाँस्यास्पद निर्णय विरुद्ध चौतर्फी बिरोध भएको छ ।

अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर बिज्ञप्ति निकाल्दै अधिबेशन स्थगितको घोषणा गरेका थिए । निर्वाचन रोक्ने निर्णय गरेका अध्यक्ष र महासचिवको समूह समेत कमजोर प्यानल सहित निर्वाचनमा सहभागि छ ।

निर्वाचनमा सहभागि हुने भन्दै प्यानल घोषणा गरिसकेको समूहले मध्यरातमा अधिवेशन स्थगितको हाँस्यास्पद निर्णय गरेको छ । जसको कार्यसमितिका बहुमत पदाधिकारीले अधिबेशन नरोकिएको जानकारी गराएका छ्न ।

हेर्नुहोस् बिज्ञप्ती

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को सातौ अधिवेसनको पूर्व सन्ध्यामा मध्यरातमा अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाको नामवाट विज्ञप्ती जारी गरि अधिवेशन स्थगन गरिएको सूचना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

देशभरवाट सामुदायिक रेडियोका प्रतिनीधिहरु काठमाण्डौ आइसकेको अवस्थामा कपोलकल्पीत भ्रामक कारण देखाइ अधिवेशन स्थगन गर्ने दुस्प्रयास कुनै हालतमा पनि लोकतान्त्रीक समाजका लागि सह्य हुन सक्दैन । संस्थाको प्रतिष्ठा गरिमा समेतमा आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।

अधिवेशनको नियमित कार्यक्रम तोकिएकै मिती, समय र स्थानमा सुचारु हुने भएकोले उक्त स्थगनको भ्रममा नपर्न यसै विज्ञप्ती मार्फत सवै सदस्य रेडियो स्टेशनका प्रतिनीधि ज्यूहरुलाई आह्वान गर्दछौं ।

मोहन चापागाँइ, निर्वतमान अध्यक्ष
किशोरजंग थापा, सल्लाहकार
अर्जुन गिरी, बरिष्ठ उपाध्यक्ष
निमेश कर्ण, उपाध्यक्ष
भुवन सिंह, उपाध्यक्ष
वन्दना दनुवार, सचिव
भुमिराज चापागाई, लेखा समिती संयोजक
रमेश जोशी, विज्ञ सदस्य
सरोज पौडेल, विज्ञ सदस्य
केपी घिमिरे, अध्यक्ष, लुम्वीणी प्रदेश
अशोक दत्त, अध्यक्ष, प्रदेश नं. २
दिर्घराज उपाध्याय, अध्यक्ष, सुदुर पश्चिम
कृष्णहरि घिमिरे, अध्यक्ष, वाग्मती प्रदेश
शान्ति गुरुंग, अध्यक्ष, गण्डकी प्रदेश
बिष्णु अवस्थी, सदस्य
ध्रुवराज ढकाल, सदस्य
टिकाजंग थापा, सदस्य
उमेश सुनुवार, सदस्य
अजय यादव, सदस्य
सुक्रराज भण्डारी, सदस्य
राम भरोषी महतो, सदस्य
ललिता कुष्मी, सदस्य

 

प्रकाशित मितिः     २५ फाल्गुन २०७७, मंगलवार ०७:१६  |