राजस्व अनुसन्धानको फन्दामा अडिटर !


काठमाडौं । ठूला व्यावसायिक घरानासँग मिलेर कर छलीमा संलग्न भएपछि राजस्व अनुसन्धान विभागले लेखापरीक्षक (अडिटर) माथि छानबिन सुरु गरेको छ ।

विभिन्न नक्कली फर्महरूमा आयात गर्ने र ती सामान व्यवसायीले लगेर बिक्री गर्ने, तर उसले बिलबिजक नलिने र त्यो आयात गरेको आधारमा त्यसबाट बिलबिजक मिलाउने काममा संलग्नता देखिएपछि विभागले एक अडिटरलाई पक्राउ गरेर छानबिन सुरु गरेको हो ।

‘झूटा, नक्कली बिलबिजकको पहिचान गरेर अनुसन्धान अघि बढाएका छौं । केही अनुसन्धान सकेर मुद्दा दायर गरिसक्यौं भने कतिपय अनुसन्धानकै क्रममा छन् । अनुसन्धानबाट यस्ता घटनामा अडिटरसमेत संलग्न भएको पाइयो । एकजना अडिटरलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको छ,’ विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने, ‘आयातकर्तासँग मिल्ने र उनीहरूले भनेअनुरुप डकुमेन्ट बनाएर भन्सारबाट न्यून मूल्याङ्कनमा सामान ल्याउने र बिक्रीको बिल पनि सोहीअनुरुप बनाउन अडिटरको भूमिका ठूलो देखिएको छ ।’

विभागले अहिले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, धेरै अडिटरहरू यस्ता गतिविधिमा संलग्न भएको विभागको बुझाइ छ । त्यही भएर विभागले सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको महानिर्देशक आचार्यले जानकारी दिए ।

खासगरी, जुत्तारचप्पल, प्रशोधित सिसा, कपडालगायतका सामग्री न्यूनबिजकीकरण भएर नेपाल भित्रिने गरेको पाइएको छ । त्यस्ता वस्तुको आयात र आयातकर्ताको विवरण लिइसकेको विभागले जनाएको छ ।

व्यवसायीले कस्ता सामग्री मगाएका छन् । ती सामग्रीको वास्तविक मूल्य कति हो रु भन्सारमा कति मूल्य दाखिला गराएका छन् रु यहाँ बिलबिजक कसरी मिलाएका छन् भन्ने बारेमा विभागले निगरानी बढाएको छ ।

खासगरी, वीरगन्ज, भैरहवा, विराटनगर लगायतका नाकालाई विशेष निगरानीमा राखेर कर्मचारीलाई काम गर्न निर्देशनसमेत भइसकेको छ । ‘कर छलीमा व्यापारीको मात्रै संलग्नता छैन्,’ आचार्यले भने, ‘अडिटरहरू पनि लागेको देखिन्छ ।’

कपडालगायत मालवस्तु चोरीपैठारी गरेर ल्याउने र अरूको प्यान नम्बरमा भेइकल ट्रयाकिङ सिष्टम ९भीसीटीएस० गरेर सामान काठमाडौंसम्म पठाउने गरेको पनि फेला परेको छ ।

तर, जुन फर्मको नाममा भीसीटीएस गरेर सामान आएको छ, त्यसले न त्यो सामान मगाएको छ, न त त्यो तहको व्यापार नै गर्छ । ती सामान विभिन्न अन्य सामानको व्यापार गर्नेले मगाएको हुने अनुसन्धानबाट भेटिएको छ ।

८ लाख रुपैयाँको सामान खरिद गर्ने सामान्य पसलेको नाममा ८ करोड रुपैयाँसम्मको तस्करीको सामान भीसीटीएसबाट आएको देखिएको
छ । तत्काल सिस्टमबाट पहिचान गरेर ट्रासपोर्ट कम्पनीको गोदाम सिल गरिएको छ ।

त्यो काममा संलग्न कर्मचारीलाई हिरासतमा लिइएको छ । त्यस्तो सामान लिएर कारोबार गर्ने कपडा व्यवसायीको गोदाम सिल गरेर अनुसन्धान चलिरहेको विभागले जनाएको छ ।

क्यापिटल नेपालबाट

प्रकाशित मितिः     २६ फाल्गुन २०७७, बुधबार ०६:५५  |