बाँकेमा छ महिना भित्र घर जग्गाको रजिष्ट्रेशन संख्या १७ हजार १ सय १७


नेपालगन्ज – नेपालगन्ज क्षेत्रमा घर जग्गाको कारोवार बढेको छ । जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर–जग्गा कारोबार बढेको नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको एक अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान र जुम्लालाई नेपालगन्ज क्षेत्र मानेर घरजग्गा कारोवारको अध्ययन गरेको थियो । समग्र क्षेत्रमा घरजग्गा कारोकार सुस्ताए पनि जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन संख्या वृद्धि भएको हो । हेर्नुहोस् पछिल्लो छ महिनाको प्रगति-

 

त्यसैगरी, काठमाडौं र विराटनगर क्षेत्रमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व घटेको छ भने अन्य क्षेत्रमा बढेकोछ । जनकपुर र धनगढी क्षेत्रमा घररभवन नक्सा पास संख्या वृद्धि भएको छ भने अन्य क्षेत्रमा ह्रास आएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मितिः     २६ फाल्गुन २०७७, बुधबार १४:५७  |