अकोरावको अध्यक्षमा अर्जुन गिरी बिजयी, केन्द्रीय सदस्यमा बाँकेबाट हेमन्त बिक


काठमाण्डौ । सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी हुनुभएको छ। त्यस्तै केन्द्रीय सदस्यमा बाँकेबाट हेमन्त बिक निर्वाचित हुनुभएको छ ।

काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत मात्र प्राप्त गर्नुभयो ।


निर्वाचनमा १ सय ७८ मत खसेको थियो । यसअघिका वरिष्ठ उपाध्यक्ष गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुनुहुन्छ । अरु बाँकि सबै पदमा निर्विरोध भएको छ ।

वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै सातौं अधिवेशनबाट केन्द्रिय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् ।

प्रकाशित मितिः     २७ फाल्गुन २०७७, बिहीबार ११:१५  |
error: Content is protected !!